काठमाडौँ। लुम्बिनी र रामग्राममा २५ विलिनियर र विभिन्नक्षेत्रका विज्ञहरू भ्रमणममा आउने भएका छन् । आगामी डिसेम्बर ११ देखि १३ सम्महुने 'विश्व शान्ति कार्यक्रम' को तेस्रो संस्करणमा उनिहरू लुम्बिनी आउन लागेका हुन् ।
मंगलबार काठमाडौँमा पत्रकार भेटघाटको कार्यक्रम मार्फत उक्त कुराको जानकारी गराईएको हो । सो कार्यक्रममा नेपाल सहित संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारिक नेता, विद्वान, कलाकार, युवा र समुदायिक प्रतिनिधिहरू सहित १० हजारभन्दा बढीको सहभागीता रहने आयोजकले जनाएको छ।
३ दिनसम्म चल्ने सो कार्यक्रममा शान्ति , जलवायु, विकास, अन्तरिम कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यवहारीक शान्ति निर्माण र दैनिक नेतृत्व सम्बन्धि युवा र समुदाय केन्द्रित सत्रहरू, महिला, आदिवासि समुदाय सिमान्तकृत आवाजहरूका सवालमा बहस, रचनात्मकताको उपचार र एकचावद्द शक्तिलाई उजागर गर्ने, सांस्कृतिक प्रदशन, संगीत र कलात्मक पदर्शनि चल्नेछ।
द प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा हुने सो कार्यक्रमको साझेदारीमा नेपाल पर्यटन बोर्ड, नेपाल विश्व युवा महासंघ, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, काठमाडौँ विश्वविद्यालय, नागरिक समाज रहेको छ।

