२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव मुकेश...

उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव मुकेश डंगोललाई

उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव मुकेश डंगोललाई

शुक्रवार, मंसिर १९ २०८२०७:१६
शुक्रवार, मंसिर १९ २०८२०७:१६
  • images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकको थप जिम्मेवारी दिइएको छ । मन्त्रालयले शुक्रबार प्रेषित गरेको पत्रअनुसार प्रधानमन्त्री एवं विभागीय मन्त्रीस्तरको निर्णयानुसार सहसचिव डंगोललाई मन्त्रालयको जिम्मेवारीका अतिरिक्त अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

    उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम महानिर्देशकको थप जिम्मेवारी तोकिएको छ । तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका छन् ।  त्यसयता प्राधिकरणको महानिर्देशक पद रिक्त रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend