२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि–छवि मुद्दाको सुनुवाइ आज, न्यायाधीशद्वय पौडेल...

रवि–छवि मुद्दाको सुनुवाइ आज, न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा

रवि–छवि मुद्दाको सुनुवाइ आज, न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा

बिहिवार, मंसिर २५ २०८२११:३१
बिहिवार, मंसिर २५ २०८२११:३१
  • images

    काठमाडौँ । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ ।

    उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघिको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।

    लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend