२०८३, आश्विन २३ गते

images

यस्तो छ मन्त्री बन्न लागेका ४ जनाको पृष्ठभूमि

यस्तो छ मन्त्री बन्न लागेका ४ जनाको पृष्ठभूमि

शुक्रवार, मंसिर २६ २०८२०१:३८
शुक्रवार, मंसिर २६ २०८२०१:३८
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। आज उनले मन्त्रिमण्डलमा चार मन्त्री थप्न लागेकी हुन्। 

    त्यसका लागि प्रधानमन्त्री कार्कीले कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। 

    सोबमोजिम अहिले दिउँसो ३ बजे इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंलाई वन तथा वातावरण र श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पदको शपथ खुवाइँदै छ। 

    कुमार इङनाम

    कुमार इङनाम अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन्। हाल उनी काठमाडौं स्कुल अफ ल मा प्राध्यापक छन्। यसअघि उनी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाउँथे। इङनामले थुप्रै किताब लेखेका छन्।

    राजेन्द्रसिंह भण्डारी 

    राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक प्रमुख हुन्। 

    माधव चौलागाईं

    माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। उनले कर्णाली क्षेत्रका विषयमा गहन अनुसन्धान गरेका छन्। उनले सपादलक्ष कर्णाली पुस्तक लेखेका छन्। साथै उनले ुमान्ठ हुँ म मान्ठु गीत पनि लेखेका छन्। 

    श्रद्धा श्रेष्ठ

    श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन्। उनी पर्यटन बोर्डमा सस्टेनेबल टुरिजम परियोजना प्रमुख थिइन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend