२०८३, आश्विन २१ गते

images

सकियो रवि र छविको मुद्दामा बहस, कहिले आउँछ फैसला ?

सकियो रवि र छविको मुद्दामा बहस, कहिले आउँछ फैसला ?

बिहिवार, पौष ३ २०८२०४:१३
बिहिवार, पौष ३ २०८२०४:१३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षको बहस सकिएको हो ।

    दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सुन्ने प्रक्रिया सम्पन्न भएको जानकारी दिएका छन् । सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा उनीहरू थुनामा रहेका छन् ।

    यसअघि मङ्सिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको थियो । त्यस्तै, मङ्सिर ११ गते तोकिएको पेसी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend