२०८३, आश्विन २१ गते

images

३ करोड धरौटी रकम बुझाएर रिहा भए छविलाल जोशी

३ करोड धरौटी रकम बुझाएर रिहा भए छविलाल जोशी

सोमवार, पौष ७ २०८२०७:१२
सोमवार, पौष ७ २०८२०७:१२
  • images

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन् ।

    आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

    जोशीले एकमुष्ट ३ करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ। थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनस् जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा उनी थुनामा थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend