२०८३, आश्विन २० गते

images
  • शिक्षा
  • काठमाडौं महानगर क्षेत्रभित्रका यी १०७ विद्यालय...

काठमाडौं महानगर क्षेत्रभित्रका यी १०७ विद्यालय खारेज हुँदै(सूचीसहित)

काठमाडौं महानगर क्षेत्रभित्रका यी १०७ विद्यालय खारेज हुँदै(सूचीसहित)

मंगलवार, पौष ८ २०८२१०:२३
मंगलवार, पौष ८ २०८२१०:२३
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अनुमति लिएर दर्ता भएका १०७ वटा विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको स्थलगत अनुगमनमा ती विद्यालय सञ्चालनमा नरहेको तथ्य फेला परेको हो।

    महानगरको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै ती विद्यालयलाई १५ दिनभित्र विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ। अनुमति पाए पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

    महानगरले त्यस्ता विद्यालयहरूको नामावलीसमेत सार्वजनिक गर्दै यदि कुनै विद्यालय अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई अनिवार्य रूपमा सम्पर्कमा आउन आग्रह गरेको छ।

    तोकिएको समयभित्र सम्पर्क गरी विद्यालय सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा ती विद्यालय बन्द गर्नका लागि महानगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले स्पष्ट पारेको छ।

    पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनधिकृत, नाम मात्रका तथा कागजी रूपमा मात्रै रहेका विद्यालय हटाउँदै शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend