२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौं ब्रिटिस कलेजमा तोडफोड, सात जना...

काठमाडौं ब्रिटिस कलेजमा तोडफोड, सात जना नियन्त्रणमा

काठमाडौं ब्रिटिस कलेजमा तोडफोड, सात जना नियन्त्रणमा

मंगलवार, पौष ८ २०८२०२:५२
मंगलवार, पौष ८ २०८२०२:५२
  • images

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा केही युवाले तोडफोड गरेको घटना भएको छ। प्रहरीले घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, मंगलबार मध्याह्न कलेज पुगेका युवाहरूले शुल्क बढेको भन्दै विरोध जनाएका थिए। कलेज व्यवस्थापनले उनीहरूको कुरा नसुनेपछि प्रदर्शनमा उत्रिएको थियो।

    प्रहरीले कलेजबाट हटाउने प्रयास गर्दा उनीहरूले ढुंगामुढा गर्न थाले। ढुंगा प्रहारका कारण कलेजमा केही क्षति भएको प्रहरीले जनाएको छ। हाल प्रहरीले स्थिति नियन्त्रणमा लिएर पक्राउ परेकाहरूसँग सोधपुछ गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend