२०८३, आश्विन २२ गते

images
  • शिक्षा
  • आज त्रिविको ५१औँ दीक्षान्त समारोह, यस्तो...

आज त्रिविको ५१औँ दीक्षान्त समारोह, यस्तो छ पार्किङ स्थान

आज त्रिविको ५१औँ दीक्षान्त समारोह, यस्तो छ पार्किङ स्थान

बिहिवार, पौष १० २०८२०८:२१
बिहिवार, पौष १० २०८२०८:२१
  • images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त  समारोह आज हुँदैछ ।  विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । 

    समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुुनेछन । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

    उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए  मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए । 

    यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए । 

    क्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा  तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । 

    यस्तो छ पार्किङ

    ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार दीक्षान्तका लागि त्रिभुवन विश्वविद्यालमा उपस्थित हुनेहरूका लागि ६ ठाउँमा पार्किङको अवस्था गरिएको हो।

    उनका अनुसार भिभिआइपी र भिआइपी लागि निम्न ठाउँमा पार्किङ स्थलहरू तोकिएको छ।

    भिभिआइपी र भिआइपीहरूका लागि दशरथ रंगशाला मेन गेट छेउमा।

    राष्ट्रिय खेलकुद परिषद पार्किङ आयोजक त्रिभुवन विश्वविद्यालयको अफिसियलको लागि मात्र।

    परराष्ट्र मन्त्रालय कन्सुलर शाखा पार्किङ दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन।

    वर्ल्ड ट्रेड सेन्टर पार्किङ दुई पाङ्ग्रे सवारी साधनहरू।

    आर्मी हेडक्वाटर अगाडि पार्किङ दुईपाङ्ग्रे सवारी साधनहरू।

    टुँडिखेल पार्किङ  दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू।

    ट्राफिक व्यवस्थापन तथा सवारी आवागमनका लागि सवारी साधनको चापलाई हेरी आवश्यकता अनुसार डाइभर्सन समेत गर्न सकिने एसएसपी अधिकारीले जानकारी दिए।

    साथै, त्रिपुरेश्वर सडक खण्ड हुँदै यात्रा गर्ने सवारी चालकहरूलाई उक्त मिति र समयमा अन्य वैकल्पिक रूट प्रयोग गरि दिनुहुन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend