काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढेका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।
सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ुराष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।ु
रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उल्लेख छ । आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै दुवै पक्ष एकताका लागि सहमत भएको पनि उल्लेख छ ।
सहमतिपको पहिलो बुँदामा जेन(जी आन्दोलनको अपनत्व लिने कुरा उल्लेख गरिएको छ । उनीहरूका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको पनि उल्लेख छ ।
यी नेतालाई साक्षी राखेर सहमति
दुई नेताबीच आज बिहान करिब चार बजेतिर सहमति पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदिप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि सो कार्यक्रमको साक्षी थिए ।
सम्झौता पत्रमा हस्ताक्षर पछि रवि र बालेनले अंगालो हालेका थिए । त्यसपछि अन्य सहभागीहरुले सामूहिक फोटो खिचाएका थिए ।
बालेनसँगको सम्झौतापछि रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।

