२०८३, आश्विन २२ गते

images
  • शिक्षा
  • शिक्षा मन्त्रालयले भन्योः ‘मान्यता प्राप्त शैक्षिक...

शिक्षा मन्त्रालयले भन्योः ‘मान्यता प्राप्त शैक्षिक संस्थाबाट मात्रै परामर्श लिनु’

शिक्षा मन्त्रालयले भन्योः ‘मान्यता प्राप्त शैक्षिक संस्थाबाट मात्रै परामर्श लिनु’

मंगलवार, पौष १५ २०८२०३:३४
मंगलवार, पौष १५ २०८२०३:३४
  • images

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन निर्देशन जारी गरेको छ।

    मन्त्रालयले सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकहरूले परामर्श सेवा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरूबाट मात्र सेवा लिन, त्यस्तो परामर्श सेवा उपलब्ध गराउँदा अफर लेटर प्राप्त संस्थाको सरकारी आधिकारिकता जाँच गर्न र गलत वा भ्रामक सूचना वा विज्ञापन नगर्न समेत भनेको छ।

    वैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा पुगेका विद्यार्थीहरूले औपचारिक रूपमा शिक्षण संस्थाको मान्यता नपाएको संस्थामा पठाइएको भन्दै गुनासो गरेको समेत मन्त्रालयले जनाएको छ।

    नेपाल सरकारमा दर्ता नभएका संस्थाहरूले अध्ययनका लागि विदेश पठाउने विदेशमा विद्यार्थी ठगिएका घटनाहरूबारे समेत मन्त्रालयले सचेत गराएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend