२०८३, आश्विन १९ गते

images
  • विशेष
  • ब्रिटिस कलेज प्रकरणः विद्यार्थीको २ करोडसम्मको...

ब्रिटिस कलेज प्रकरणः विद्यार्थीको २ करोडसम्मको ब्ल्याकमेलिङ, शिक्षा मन्त्रालयले सोध्यो ७ दिने स्पष्टिकरण

ब्रिटिस कलेज प्रकरणः विद्यार्थीको २ करोडसम्मको ब्ल्याकमेलिङ, शिक्षा मन्त्रालयले सोध्यो ७ दिने स्पष्टिकरण

बिहिवार, पौष १७ २०८२०४:५७
बिहिवार, पौष १७ २०८२०४:५७
  • images

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थापाथलीमा रहेको द ब्रिटिस कलेजलाई ७ दिने स्पष्टीकरण सोधेको छ । 

    बिहीबार मन्त्रालयले कलेज प्रशासनलाई निर्देशन सहित ७ दिने स्पष्टीकण सोधेको हो । इन्टर्नसिपको नाममा कलेजले दुबई पठाएर विद्यार्थीहरूलाई ठगी गरेको उजुरी परेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कलेजलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयको उच्च शिक्षा महाशाखाले बिहीबार निर्देशन सहित स्पष्टीकण सोधेको हो । कलेजले नेपालमै ४ वर्षे हस्पिटालिटी म्यानेजमेन्ट कोर्षको अनुमति लिएर नेपालमा १ वर्ष पढाएर दुबई पठाउने गरेको भेटिएको मन्त्रालयले जनाएको छ । 

    बाहिरी देशका लागि अनुमति नै नदिएको विषयमा कलेजले विद्यार्थी पठाएर गल्ती गरेको मन्त्रायलको ठहर छ । ‘अनुमति नै नदिएको वुलविच इन्स्टिच्युट दुबईमा कलेजले ३५ जना विद्यार्थी पठाएको रहेछ । केही विद्यार्थी उतै पढ्दै कमाउँदै गरेको कलेजले हामीलाई जानकारी दिएको छ । ती मध्ये ९ जना विद्यार्थी नेपाल फर्किएका थिए । हामीले यस सम्बन्धमा कलेज प्रशासनसँग धेरै छलफल गरेका छौँ । कलेजले पठाएको स्पष्टीकरण पत्रका आधारमा थप निर्णय हुन्छ’, मन्त्रालयका ती अधिकारीले सीएनएन खबरसँग भने । 

    ती अधिकारीका अनुसार सम्भवत कलेजलाई दिईएको बिएचएच कार्यक्रम क्यान्सील हुनसक्छ ।

    २ करोडसम्मको ब्ल्याकमेलिङ

    दुबईबाट फर्किएका विद्यार्थीसँग मिलेर हाल कलेजमा सोही विषयमा अध्ययनरत केही विद्यार्थीहरुले २ करोडसम्मको ब्ल्याकमेलिङ गर्न थालेका छन् । दुबईबाट फकिएका ९ विद्यार्थीमध्ये २ जना पुनः दुबई फर्किएको कलेज प्रशासनले जनाएको छ । बाँकी रहेका ७ जनालाई प्रतिव्यक्ति ९ लाख ५० हजार रुपैयाँका दरले रकम समेत फिर्ता दिइसकिएको कलेजका मार्केर्टिङ प्रमुख अमरदीप मण्डपले जानकारी दिए । 

    कलेजले दुबई लगेर अलपत्र पारेको भन्दै कलेज विरुद्ध शुरु भएको आन्दोलनको  नेतृत्व गर्दै आएकी विद्यार्थी प्रियंका नेपाल भरखर नयाँ भर्ना भएको विद्यार्थी रहेको पाइएको छ । उनी दुबईस्थित टिडब्लुआईकी विद्यार्थी नभएर ब्रिटिस कलेजमै अध्ययनरत छिन् । उनले नै कलेज प्रशासनसँग २ करोड रुपैयाँको ब्ल्याकमेलिङ गरेकी हुन् । 

    उनले सुरुवाती चरणमा २ करोड रुपैयाँको ब्ल्याकमेलिङ गरेपनि हाल ५० लाख दिनुपर्ने माग राखेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

    उनले सुरुवाती चरणमा २ करोड रुपैयाँ मागेतापनि केही दिन अघि कलेज प्रशासनसँगको बैठकमा नै ५० लाख रुपैयाँ माग गर्ने गरेको कलेज प्रशासनले जनाएको छ । 

    यस विषयमा थप कुराकानी गर्न सीएनएन खबरले आन्दोलनको नेतृत्व गरिरहेकी नेपालसँग सम्पर्क गर्दा उनको मोबाइलमा स्वीचअफ थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend