२०८३, आश्विन २१ गते

images

पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा

पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा

बिहिवार, पौष १७ २०८२०५:१०
बिहिवार, पौष १७ २०८२०५:१०
  • images

    काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकमाथि विदेश भ्रमणमा लगाइएको रोक फुकुवा भएको छ। जेनजी आन्दोलन छानबिन गर्न गठिन जाँचबुझ आयोगले उनको विदेश भ्रमणमा लगाएको रोक र स्थानहद फुकुवा गरेको हो।

    आयोगले उनीसँग सोधपुछ र बयान लिने प्रक्रिया सम्पन्न गरिसकेकाले अब स्थानहद कायम राख्न आवश्यक नरहेको जनाएको छ। 

    यसअघि आयोगले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का तत्कालीन प्रमुख हुतराज थापा, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको पनि बयान सकिएपछि स्थानहद फुकुवा गरिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend