२०८३, आश्विन २२ गते

images
  • शिक्षा
  • पत्रकार सुशान्त न्यौपानेको सक्रियतामा सूर्यगढी १...

पत्रकार सुशान्त न्यौपानेको सक्रियतामा सूर्यगढी १ र २ का ७०० विद्यार्थीमा न्यानो कपडा वितरण

पत्रकार सुशान्त न्यौपानेको सक्रियतामा सूर्यगढी १ र २ का ७०० विद्यार्थीमा न्यानो कपडा वितरण

मंगलवार, पौष २२ २०८२०२:२७
मंगलवार, पौष २२ २०८२०२:२७
  • images

    काठमाडौँ । नुवाकोटको सूर्यगढी वडा नं. १ र २ को विकट मानिने लच्याङ लगायत क्षेत्रका १० विद्यालयमा न्यानो कपडा ९विद्यालय पोसाक०, झोला, टोपी र स्टेशनरी सामाग्री वितरण गरिएको छ । 

    नागरिक सचेतना समाज नेपाल र लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको प्रयासमा ७०० विद्यार्थीहरुमा ट्रयाकसुट, टिर्सट, स्वेटर, टोपी, झोला र स्टेशनरी सामाग्री वितरण गरिएको नागरिक सचेतना समाज नेपालका महासचिव तथा लायन्स डिष्ट्रिक एलका जोन ३५ का जोन चियरपर्सन सुशान्त न्यौपानेले जानकारी दिएका छन् । 

    यस कार्यलाई सफल बनाउन एन्जल्स हर्ट मा।वि।का प्रिन्सिपल तथा नागरिक सचेतना समाज नेपालका कार्यसमिति सदस्य धन बहादुर पुनप्रति न्योपानेले विशेष धन्यवाद प्रकट गरेका छन् ।

    न्यौपानेकाअनुसार विद्यालय पोसाक उपलब्ध गर्ने संस्था तथा व्यक्तिहरुमा काठमाडौं युरो स्कुल बानियाँटार, त्रियोग हाई स्कुल, एन्जल्स हर्ट मा।वि।, नागरिक सचेतना समाज, कोसेली पव्लिकेसन, कौशल हाई स्कुल, नर्थस्टार स्कुल, काठमाडौं शिक्षालय, हिमरश्मि हाई स्कुल, प्रारम्भ वल्र्ड स्कुल, एशिया प्यासिफिक कलेज, वातशल्य किन्डरगार्टेन स्कुल, शुभकामना इङलीस बोडिङ स्कुल, हेराल्ड इन्टरनेशनल कलेज, तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लि., जेनियल मोर्डन एकेडेमी, केजिएस स्कुल, काठमाडौं लिंकन स्कुल, युरेका हाई स्कुल, तेजस्वी एकेडेमी, ल्याण्डमार्क एकेडेमी, त्रिशुली मिनरल वाटर, पानी उत्पादक संघ काठमाडौं, अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएका गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद्–अमेरिकाका महिला सचिव संगिता लामा लामिछाने, अमेरिकामा बसोबास गर्ने बुद्धिमान तामाङ, गोल्डेन पिक स्कुल, इन्डीगो पेन्ट्स, ए एण्ड बी पानी ललितपुर, एन्जल्स मार्ट, सर्वशक्ति सहकारी लिमिटेड, सृजना बुर्लाकोटी, ई. कञ्चन भट्ट, इच्छाराम कार्की, राजेन्द्रध्वज थापा, कान्छा लामा लगायतको सहयोग रहेको थियो । 

    शुक्रबार नुवाकोटको सूर्यगढी–१ को दुधेदेवी मा.वि.मा आयोजित विद्यालय पोसाक वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक सुशान्त न्यौपानेले सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक सेवाको कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गरेका थिए । 

    न्यौपानेले कोही पनि नपुगेका विकट ठाउँमा पुगेर सामुदायिक विद्यालयका भाईबहिनीहरुलाई यो चिसोमा न्यानो कपडा वितरण गर्न पाउँदा खुसी व्यक्त गरे । 

    न्यानो कपडा वितरणका लागि कार्यक्रम संयोजक सुशान्त न्यौपाने, भूपाल गौतम, कुमार ढकाल, तिलक पौडेल, श्रीराम केसी फुटुङ्गे, कृष्ण भट्टराई मुकुन्द प्रसाद पाण्डे र त्रियोग स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

    काठमाडौं यूरो, हेराल्ड र कौशलले कालिका माध्यमिक विद्यालय, शिलाकन्या देवी मा.वि. र जनहित आधारभूत विद्यालयका लागि स्वेटर र ट्रयाकसुटको व्यवस्था गरेका थिए भने त्रियोग स्कुलले कालिका आधारभूत विद्यालयका लागि ट्रयाकसुटको व्यवस्था गरेको थियो । 

    न्यानो कपडा प्राप्त गर्ने विद्यालयमा सूर्यगढी १ मा रहेको दुधेदेवी माध्यमिक विद्यालय, कालिकादेवी आधारभूत विद्यालय, लच्याङ आधारभूत विद्यालय, निर्गुभूमे आधारभूत विद्यालय, जनशक्ति आधारभूत विद्यालय, महाकाली आधारभूत विद्यालय, गौरीशंकर आधारभूत विद्यालय त्यस्तै वडा नंं। २ को कालिका माध्यमिक विद्यालय, शिलाकन्या देवी माध्यमिक विद्यालय, जनहित आधारभूत विद्यालय रहेका छन् । 

    दुधेदेवी मा।वि।मा अध्ययनरत १७१ जना विद्यार्थीलाई ट्रयाकसुट, टिर्सट र टोपी, कालिकादेवी आधारभूत आ.वि.का ४९ जनालाई ट्रयाकसुट, टिर्सट र टोपी वितरण गरिएको थियो । त्यस्तै लच्याङ आ.वि.का ५३, निर्गुभूमेका ४० र जनशक्तिका ५८ जनालाई ट्रयाकसुट, टिर्सट वितरण गरिएको थियो । महाकाली आ.वि.का २४ जनालाई ट्रयाकसुट, टिर्सट, झोला, टोपी र स्टेशनरी सामाग्री वितरण गरिएको थियो । गौरीशंकर आ.वि.का १४ जनालाई ट्रयाकसुट, टिर्सट र टोपी वितरण गरिएको थियो । कालिका मा.वि.का १९६ जनालाई स्वेटर र केही ट्रयाकसुट तथा टिर्सट वितरण गरिएको थियो । जनहित आधारभूत विद्यालयका १५ जनालाई स्वेटर र शिलाकन्या देवीमा केही थान स्वेटर वितरण गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend