काठमाडौँ । न्याय सेवा आयोगले एक जनालाई सचिवमा बढुवासहित दुई जना सचिवको सरुवा गरेको छ। आयोगको शुक्रबारको निर्णयअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धवप्रसाद पुडासैनीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी महान्यायाधिवक्ताको कार्यालयका कायममुकायम नायब महान्यायाधिवक्ता ध्रुवकुमार चौहानलाई सचिवमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ।
न्याय सेवा आयोगले सोही दिन सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका तीन सहसचिवको पनि सरुवा गरेको जनाएको छ।
आयोगका अनुसार सरुवा तथा बढुवा निर्णय प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको हो।

