२०८३, आश्विन १९ गते

images

ब्रिटिश कलेजमा आन्दोलनको नाममा ३० लाख मागियो, एक जना पक्राउ

ब्रिटिश कलेजमा आन्दोलनको नाममा ३० लाख मागियो, एक जना पक्राउ

शनिवार, पौष २६ २०८२०९:५३
शनिवार, पौष २६ २०८२०९:५३
  • images

    काठमाडौं । प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–४ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनले भने, “ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो ।” उनका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग रु ३० लाख माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend