२०८३, आश्विन २० गते

images

एसबिआई बैंकको शाखामा हतियार देखाएर करोडौ लुटपाट, जंगलमा भेटियो पैसाको बोरा

एसबिआई बैंकको शाखामा हतियार देखाएर करोडौ लुटपाट, जंगलमा भेटियो पैसाको बोरा

बुधवार, पौष ३० २०८२०७:४७
बुधवार, पौष ३० २०८२०७:४७
  • images

    काठमाडौँ । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ ।

    मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । उनीहरुले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो ।

    घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

    प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाका हुन् । सबै लुटेरा बनेपाबाट चढेका थिए । अरु लुटेराको खोजी भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend