२०८३, आश्विन २१ गते

images
  • समाचार
  • २५ दिनपछि खुल्यो त्रिविमा लगाइएको ताला,...

२५ दिनपछि खुल्यो त्रिविमा लगाइएको ताला, प्रहरी प्रशासनको सहयोगमा कार्यालय सञ्चालन

२५ दिनपछि खुल्यो त्रिविमा लगाइएको ताला, प्रहरी प्रशासनको सहयोगमा कार्यालय सञ्चालन

सोमवार, माघ १२ २०८२०५:०४
सोमवार, माघ १२ २०८२०५:०४
  • images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा २५ दिनदेखि लगाइएको तालाबन्दी खुलेको छ । अनेरास्ववियु (क्रान्तिकारी) त्रिवि जिल्ला समितिले लगाएको ताला विश्वविद्यालय प्रशासनले प्रहरी प्रशासनको सहयोगमा आज खोलेको हो ।

    त्रिवि उपकुलपति प्राडा दीपक अर्यालका अनुसार उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा लगाइएको ताला आज खोलिएको हो । उनले बिहान ८ बजेसम्म ताला खोल्न विद्यार्थी संगठनलाई अल्टिमेटम दिइएको तर त्यसको पालना नभएपछि प्रशासनले आफैं ताला खोल्न बाध्य भएको बताए ।‘आज बिहान ८ बजेसम्म ताला खोल्न आग्रह गरेका थियौँ । नखुलेपछि हामी आफैंले आफ्ना कार्यकक्षको ताला खोलेका हौँ,’ उपकुलपति अर्यालले भने ।

    अखिल (क्रान्तिकारी)ले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन विषयका चार केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउन माग गर्दै गत पुस १९ गते तालाबन्दी गरेको थियो ।

    उपकुलपति अर्यालले विद्यार्थीका मागलाई बेवास्ता नगरिएको स्पष्ट पार्दै शुल्क समायोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको जानकारी दिए । उक्त समितिलाई तीन महिनाको समय दिइएको र सिफारिसका आधारमा शुल्क समायोजन गरिने उनले बताए ।‘आजै शुल्क घटाउन सम्भव हुँदैन, प्रक्रिया पूरा गर्न केही समय लाग्छ । यो कुरा विद्यार्थी संगठनले पनि बुझ्नुपर्छ,’ उनले भने ।

    उनका अनुसार अन्य संकाय र सम्बन्धन प्राप्त कलेजहरूले लिँदै आएका फरक–फरक शुल्कबारे पनि अनुगमन गरिनेछ । समितिले सबै कलेजको शुल्क संरचना अध्ययन गर्नेछ ।तालाबन्दीका कारण विश्वविद्यालयका प्रशासनिक कामकाज प्रभावित भएपछि सोमबार रजिस्ट्रार कार्यालयले ताला खोल्न अल्टिमेटम दिएको थियो । तर ताला नखुलेपछि अन्ततः प्रशासनले प्रहरीको सहयोगमा तालाबन्दी खोलिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend