२०८३, आश्विन २२ गते

images

एलबीईएफका १ सय ५० विद्यार्थी दीक्षित

एलबीईएफका १ सय ५० विद्यार्थी दीक्षित

सीएनएन खबर
मंगलवार, माघ १३ २०८२०४:४६
सीएनएन खबर
मंगलवार, माघ १३ २०८२०४:४६
  • images

    काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीईएफका १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्। राजधानीमा आयोजित दीक्षान्त समारोहमा सन् २०२५ मा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका फाउन्डेशनका १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्।

    फाउन्डेशनका अनुसार स्नातक तहअन्तर्गत सूचना प्रविधि बी।एस।सी। आईटी तर्फ १०२ जना र बीबीएम तर्फ २ जना विद्यार्थी दीक्षित भएका छन्। त्यसैगरी स्नातकोत्तर तहअन्तर्गत एम।बी।ए तर्फ २१ जना र एम।एस।सी। आई।टी एम। तर्फ २५ जना गरी कुल १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्। 

    एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशन ए।पी।यू, मलेसियाबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालकै पहिलो सूचना प्रविधि कलेज हो।

    ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप काठमाडौंमा सम्पन्न दीक्षान्त समारोहमा एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेशनका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंह, एलबीईएफ समूहका अध्यक्ष इञ्जिनियर पंकज जालान तथा कार्यकारी निर्देशक इञ्जिनियर प्रकाश कुमार केजरीवाल लगायतको उपस्थिति रहेको थियो।

    luad buddha1.jpeg

    दीक्षान्त समारोहमा फाउन्डेशनका कार्यकारी निर्देशक इञ्जिनियर प्रकाश कुमार केजरीवालले एलबीईएफको यात्रालाई निरन्तर विकास र रूपान्तरणको यात्राका रूपमा व्याख्या गरे । 

    उनले एलबीईएफले विद्यार्थीहरूसँगै आफूलाई पनि समयअनुसार परिष्कृत गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरू शैक्षिक यात्राबाट व्यावसायिक जीवनतर्फ विकसित भएकोमा गर्व गरे । उनका अनुसार एलबीईएफ केवल संस्था मात्र नभई विद्यार्थीको विकाससँगै अघि बढ्ने एउटा साझा प्लेटफर्म हो।

    समारोहका प्रमुख अतिथि एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशन एपीयूका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंहले एपीयूको विश्वव्यापी शैक्षिक उपलब्धिबारे जानकारी गराए । 

    उनका अनुसार एपीयू विश्वका उत्कृष्ट २ प्रतिशत विश्वविद्यालयभित्र पर्छ । एसियाका शीर्ष १५० विश्वविद्यालयमध्ये पर्छ ।  मलेसियाका निजी विश्वविद्यालयहरूमध्ये दोस्रो स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्याका आधारमा विश्वमा १६औँ तथा विद्यार्थी विविधताका आधारमा १०औँ स्थानमा रहेको उल्लेख गर्दै उहाँले हालको समयलाई इतिहासकै सबैभन्दा परिवर्तनशील समयको रूपमा चित्रण गर्नुभयो। प्रविधि, अर्थतन्त्र, राजनीति र भूराजनीतिक परिवर्तनसँगै एआईले विश्व परिदृश्यलाई नेतृत्व गरिरहेको उनको भनाइ थियो। 

    यस्तो परिवेशमा सफल हुन विद्यार्थीमा अनुकूलन क्षमता, पुराना सोच र सीप त्यागेर नयाँ कुरा सिक्ने क्षमता अत्यावश्यक रहेको उल्लेख गर्दै उहाँले केवल रोजगारी खोज्ने मात्र नभई समस्या समाधान गर्ने मानसिकताका साथ अघि बढ्न आग्रह गरे । 

    त्यसैगरी एलबीईएफ समूहका अध्यक्ष इञ्जिनियर पंकज जालानले संस्थाको २७ वर्षे यात्रालाई सम्झँदै एलबीईएफले सामान्य स्नातक उत्पादन नगरी गुणस्तरीय र दक्ष स्नातक तयार पार्दै आएको बताए । उनले संस्थाले सुरुदेखि नै महिला शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको र हालसम्म १० हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिसकेको जानकारी दिए । 

    साथै सन् २०१७ देखि पूर्ण छात्रवृत्तिमा शून्य शुल्कमा शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले हाल दीक्षित भएका विद्यार्थीहरूलाई भावी दिनमा आफ्ना जुनियर विद्यार्थीका लागि मार्गदर्शक बन्न आग्रह गरे । एक पुस्ताले अर्को पुस्तालाई सहारा दिँदै अघि बढ्नु नै एलबीईएफको शिक्षण दर्शन भएको उनले धारणा राखे । 

    सन् १९९८ मा स्थापना भएको नेपालकै पहिलो सूचना प्रविधि केन्द्रित शैक्षिक संस्था एलबीईएफले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशन एपीयू, मलेसिया सँगको शैक्षिक सहकार्यमार्फत अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्रदान गर्दै आएको छ। संस्थाले नवीन सोच, क्रिटिकल थिंकिङ र व्यावहारिक सीप लाई अग्रता दिँदै विद्यार्थीहरूलाई उद्योग र रोजगारी बजारसँग जोड्दै आएको छ।

    हाल एलबीईएफले सूचना प्रविधि, व्यवस्थापन तथा सम्बन्धित क्षेत्रमा उच्चशिक्षा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति, उद्योगसँग सम्बन्धित तालिम, तथा वेबमार्फत शतप्रतिशत इन्टर्नशिप सम्भावना प्रदान गर्ने उद्देश्यले विभिन्न पहलहरू अघि बढाइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend