२०८३, आश्विन २० गते

images
  • समाचार
  • अमेरिकाले भन्यो– नेपाल र बंगलादेशका निर्वाचन...

अमेरिकाले भन्यो– नेपाल र बंगलादेशका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’

अमेरिकाले भन्यो– नेपाल र बंगलादेशका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’

शुक्रवार, फाल्गुण १ २०८२११:०१
शुक्रवार, फाल्गुण १ २०८२११:०१
  • images

    काठमाडौं । अमेरिकी प्रतिनिधि बिल हुइजेन्गा ले नेपाल र बंगलादेश मा सम्पन्न तथा हुन लागेको निर्वाचनले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ अवसर सिर्जना गरेको बताएका छन्।

    अमेरिकी कङ्ग्रेसअन्तर्गत दक्षिण तथा मध्य एसिया उपसमितिको सुनुवाइमा बोल्दै उनले दुवै देश हालैका राजनीतिक उथलपुथलपछि नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरे। “यी घटनाक्रमहरूले दक्षिण एसियामा नयाँ अध्याय सुरु गरेका छन्, जसले नयाँ सरकारहरूसँगको अमेरिकी सम्बन्धको दिशा निर्धारण गर्नेछ,” उनले भने।

    हुइजेन्गाका अनुसार सन् २०२४ को राजनीतिक विद्रोहपछि बंगलादेशमा पहिलो आम निर्वाचन सम्पन्न भएको छ भने नेपाल मा आगामी फागुन २१ गते निर्वाचन हुँदैछ। दुवै देशमा युवापुस्ताको नेतृत्वमा भएको आन्दोलनले सत्ता परिवर्तन गराएको पृष्ठभूमिमा यी निर्वाचनलाई चासोका साथ हेरिएको उनले बताए।

    दक्षिण र मध्य एसियालाई करिब दुई अर्ब जनसंख्या भएको गतिशील क्षेत्रका रूपमा चित्रण गर्दै उनले यहाँको युवा पुस्ता लोकतान्त्रिक मूल्यतर्फ आकर्षित भइरहेको दाबी गरे। साथै, चीन ले साना राष्ट्रहरूलाई ऋणको जालमा पार्ने नीति अपनाएको आरोप लगाउँदै त्यसको प्रभाव सन्तुलन गर्न अमेरिका सक्रिय हुने संकेत दिए।

    उनले भारत लाई विश्वकै ठूलो लोकतन्त्र र अमेरिकाको रणनीतिक साझेदारका रूपमा उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्प ले हालै भारतसँग ऐतिहासिक व्यापार सम्झौता गरेको तथा बंगलादेशसँग पनि व्यापार सहकार्य अगाडि बढाइएको जानकारी उनले दिए।

    हिन्द महासागरलाई विश्व व्यापार र ऊर्जा आपूर्तिको जीवनरेखा भन्दै उनले स्वतन्त्र र खुला हिन्द महासागर कायम राख्नु अमेरिकाको राष्ट्रिय प्राथमिकता भएको बताए। यस सन्दर्भमा हिन्द महासागरस्थित डिएगो गार्सिया मा रहेको अमेरिकी जलसेना आधारको रणनीतिक महत्त्वसमेत उनले औंल्याए।

    रक्षा, व्यापार र प्रविधि साझेदारीमार्फत दक्षिण एसियाली राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्दै अमेरिका आगामी दशकमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने उनले स्पष्ट पारे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend