२०८३, आश्विन २२ गते

images
  • शिक्षा
  • कामपाले थाल्यो एसइई नतिजा सुधारका लागि...

कामपाले थाल्यो एसइई नतिजा सुधारका लागि विशेष कक्षा

कामपाले थाल्यो एसइई नतिजा सुधारका लागि विशेष कक्षा

बुधवार, फाल्गुण १३ २०८२०८:११
बुधवार, फाल्गुण १३ २०८२०८:११
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षका लिइएको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजनाअनुरूप विशेष कक्षा सुरु गरेको हो ।  

    कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार  पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक, सेवानिवृत्त शिक्षकहरूले यी कक्षाहरू लिनेछन् ।

    न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुने ढकालले जानकारी दिए । 

    यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ । 

    गीतामाता माविमा कक्षाको सुरुआत गर्दै कामपाको  कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यार्थीमा परीक्षाको डर हटाउन परीक्षामा आत्मविश्वाशका साथ सहभागी हुन प्रोत्साहन गर्ने, उत्तर लेख्ने सीप सिकाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताईन । 

    यस वर्ष कामपाका सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । ढकाल भन्छन्, “ख्याति पाएका व्यक्तित्वहरू १० वटा प्रयत्न गर्दा एउटामा राम्रो नतिजा प्राप्त गर्नुहुन्छ । उहाँहरू १० वटै प्रयत्नमा सफल हुन १० गुणाबढी मिहिनेत गर्नुहुन्छ । सफल हुने मन्त्र यही हो ।”

    विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए । यसमा १७ जनाले ४ जिपिए पाए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend