काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन यती एयरलाइन्सले कुनै पनि उडान नगर्ने जनाएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मतदानको दिन उडान स्थगित भएको जनाएको हो ।
‘‘निर्वाचनको अवसरमा यती एयरलाइन्सका सम्पूर्ण आन्तरिक उडान सेवाहरु सो दिन स्थगित रहने व्यहोरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराइन्छ ।’, सूचनामा भनिएको छ ।
यसो त निर्वाचन आयोगले मतदानको दिन अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाए पनि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको थियो ।
तर, यती एयरलाइन्सले भने निर्वाचनको दिन सम्पूर्ण उडान स्थगित गर्ने भएको हो ।

