२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चाडपर्वको मुखमै वाणिज्य विभागका अनुगमन निर्देशकदेखि...

चाडपर्वको मुखमै वाणिज्य विभागका अनुगमन निर्देशकदेखि अधिकृतको सरुवा

चाडपर्वको मुखमै वाणिज्य विभागका अनुगमन निर्देशकदेखि अधिकृतको सरुवा

आइतवार, आश्विन ६ २०८१०९:३६
आइतवार, आश्विन ६ २०८१०९:३६
  • images

    काठमाडौँ । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी, अनैतिक कारोबारलाई नियमन गर्ने सरकारी निकाय हो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग । कानुनी रूपमा बजार अनुगमनलाई प्रभावकारी बनाउन विभागको सघन जिम्मेवारी रहँदै आएको छ । 

    नेपालीहरुको महान चाड बडा दशैँ नजिकिएसँगै बजारमा चहलपहल समेत सुरु भएको छ । चाडबाड नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीड बढ्न समेत थालेको छ । उपभाक्ताको भिड बढेको बेला सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गर्नुपर्ने हो । तर, बजार अनुगमनलाई प्रभावकारी बनाउने समयमा सरकारले अनुममन निर्देशकदेखि अनुगमन अधिकृतका सरुवा गरेको पाइएको छ । 

    यसैत न्यून जनशक्तिमा बजार अनुगमनदेखि दैनिक रुपमा हुने सेवा प्रवाह गर्दै आएको विभागले चाडपर्वको बेलामा कार्यरत कर्मचारीको समेत सरुवा हुँदा समस्या भएको बताएको छ । 

    विभागका महानिर्देशक राजन पौडेल चाडपर्व लक्षित बजार अनुगमन म्यासिब रुपमा गर्नुपर्ने बेला ठूलो संख्यामा कर्मचारीको सरुवा हुँदा समस्या भएको बताउँछन् । 

    ‘हामीले नियमित रुपमा बजार अनुगमन गर्दै आएका हुन्छौँ । नियमित बाहेक चाडपर्वको समयमा धेरै उपभोक्ता ठगिने घटना बढ्दा हामीले त्यही अनुसार बजार अनुगमन बढाउने गरेका थियौँ । तर, अहिले चाडपर्व लक्षित अनुगमनको मुखैमा ठूलो संख्यामा कर्मचारीको सरुवा हुँदा समस्या भयो’, उनले भने । 

    करिब तीन महिनाअघि मात्रै विभागको अनुगमन निर्देशकका रुपमा आएका राकेश पाण्डे र डिक बहादुर कार्कीको सरुवा भएको छ । अनुगमन निर्देशकदेखि अधिकृतसम्मको कर्मचारीको एकैपटक सरुवा हुँदा व्यवस्थापनमा कठिनाई भएको पौडेलको भनाई छ । 

    ‘हामीले जति बेला एग्रेसिब रुपमा बजार अनुगमन गर्नुपर्ने हो त्यही बेला भएका कर्मचारीको समेत सरुवा भयो । सरकारले सरुवाको सूचीमा उहाँहरुको नाम राखेपछि काम गर्ने मेन्टालिटि नै बन्दैन । हामी कर्मचारी नभएर प्रत्येक वर्ष चाडपर्व लक्षित बजार अनुगमनका लागि कर्मचारी माग गर्दै आएका छौँ । भएकै कर्मचारीको सरुवा भएपछि धेरै समस्या हुनथाल्यो’, उनले भने । 

    उनले विभागमा भएका कर्मचारीहरुबाट अहिले दैनिक ६ टोली परिचालन गरी बजार अनुगमन गर्दै आएको बताए । 

    विभागले भदौ ३१ देखि नै दैनि ६ वटा अनुगमन टोली मार्फत अनुगमन गर्दै आएको छ । विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग बजार अनुगमनका लागि माग गरे अनुसार कर्मचारी दिए दैनिक १४ वटा टोलि मार्फत अनुगमन हुने जनाईएको छ । 

    यस्तै, विभागले शनिबारदेखि सार्वजनिक बिदाको समयमा समेत बजार अनुगमन गरेको छ । यसअघि कार्यालय समयका बेलामा अनुगमन गर्ने गरेको विभागले जाडपर्व लक्षित बजार अनुगमन सार्वजनिक बिदासँगै आवश्यकताको आधारमा गर्न लागेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend