काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । सहकारी बचत रकम ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक जोशीलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले पक्राउ गरेको हो ।
कार्यालयको टोलीले काठमाडौंको शंखमुलबाट उनलाई पक्राउ गरेको हो । कास्की प्रहरीको पत्रका आधारमा उनलाई पक्राउ गरेर कास्की प्रहरीमा पठाउने तयारी गरिएको छ । सहकारीको ६५ करोड बचत रकम गोरखा मिडियामार्फत् अपचलन गतिविधिमा जोशी संलग्न रहेको संसदीय विशेष छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ ।
सहकारी ठगी प्रकरणमा संसदीय विशेष छानबिन समितिले जोशीलाई समेत दोषी औल्याउँदै कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । उनीले सहकारीको करोडौं रकम दुरुपयोग गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । आइतबार नै गृहमन्त्री रमेश लेखकले सहकारीबारे छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदन कार्यान्यवन गर्न निर्देशन दिएका थिए ।

