२०८३, आश्विन २१ गते

images
  • शिक्षा
  • ठगीको अखडा बने इन्ट्रान्स र ब्रिज...

ठगीको अखडा बने इन्ट्रान्स र ब्रिज कोर्स, बन्द गर्न शिक्षामन्त्रीको कडा कदम

ठगीको अखडा बने इन्ट्रान्स र ब्रिज कोर्स, बन्द गर्न शिक्षामन्त्रीको कडा कदम

आइतवार, चैत्र १५ २०८२०७:४९
आइतवार, चैत्र १५ २०८२०७:४९
  • images

    काठमाडौँ । विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अनावश्यक आर्थिक बोझ बढाएको ठहर गरेको छ । 

    मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि नै भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने गरेको मन्त्रालयको निष्कर्ष छ । 

    यस सम्बन्धमा मन्त्रालयका माननीय मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भएको र सोही अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैमा निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन् । 

    मन्त्रालयले यस्ता कार्यक्रमहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न तथा कार्यक्रम सञ्चालन भएरनभएको अनुगमन गर्न समेत निर्देशन दिएको छ । यदि कुनै संस्थाले यो निर्णयविपरीत कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन गरिएको छ ।

    edu suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend