२०८३, आश्विन २१ गते

images

ग्राहक बनेर विभागका डीजीनै रेष्टुरेन्ट पुगेपछि...

ग्राहक बनेर विभागका डीजीनै रेष्टुरेन्ट पुगेपछि...

सोमवार, आश्विन ७ २०८१०६:०७
सोमवार, आश्विन ७ २०८१०६:०७
  • images

    काठमाडौँ । काठमाडौँको शान्ति नगरमा सञ्चालित जिम्बु थकालीले मिनरल वाटरमा चर्काे मूल्य लिएको भन्दै वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागमा गुनासो आइरहेको थियो । 

    मूल्यसूचीमा ३५ रुपैयाँ लेखिएको उक्त मिनरल वाटरको मूल्य उक्त रेष्टुरेन्टले १ सय रुपैयाँ लिने गरेको थियो । ३५ रुपैयाँको बस्तुलाई १ सय रुपैयाँ लिएको गुनासोपछि विभागका महानिर्देशक राजन पौडेल सहितको टोली सोमबार ग्राहक बनेर रेष्टुरेन्ट पुगेको थियो । 

    ग्राहक बनेर अनुगमनमा पुगेको विभागको टोलीले मम अडर गर्याे । ममसँगै रेष्टुरेन्टका कर्मचारीहरुले पानी समेत ल्याएका थिए । खाजा खाएर बिल भुक्तानी गर्न पुगेको टोलीले गुनासो आएजस्तरीनै आफूहरुलाई पनि पानीको मूल्य १ सय लिएको प्रमाण भेटायो । 

    गुनासोका आधारमा छड्के हान्न पुगेको विभागका अधिकारीहरुले प्रमाणसहित उक्त रेष्टुरेन्टलाई ३ हजार रुपैयाँ जरिवाना गरेर फर्किएको छ । 
    महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको जानकारी दिए ।

    ‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो। करहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं। हामी रेष्टुरेण्टमा आयौं। पानी मागिएको थिएन। पानी ल्याएर दिनुभयो। पानी र खाजा मःमः खाऔं । एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ। त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन। खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो’, उनले भने ।

    उनले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तिब्रता दिएको उनले सुनाए ।

    काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि उनले जनाए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend