२०८३, आश्विन २० गते

images
  • समाचार
  • अफ्ठ्यारोमा सरकार साथमा हुन्छ : उपकुलपतिहरूसँग...

अफ्ठ्यारोमा सरकार साथमा हुन्छ : उपकुलपतिहरूसँग प्रधानमन्त्री बालेनको प्रतिबद्धता

अफ्ठ्यारोमा सरकार साथमा हुन्छ : उपकुलपतिहरूसँग प्रधानमन्त्री बालेनको प्रतिबद्धता

सोमवार, बैशाख ७ २०८३०४:५४
सोमवार, बैशाख ७ २०८३०४:५४
  • images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा देखिने कुनै पनि प्रकारका समस्या समाधानमा सरकार सहयोगी हुने स्पष्ट सन्देश दिएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उनले उपकुलपतिहरूसँग प्रत्यक्ष संवाद गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

    छलफलमा सहभागी एक उपकुलपतिका अनुसार प्रधानमन्त्रीले ‘कुनै किसिमको अफ्ठ्यारो परे सरकार सहयोग गर्न तयार छ’ भन्ने आश्वासन दिएका थिए। उच्च शिक्षा क्षेत्रमा देखिएका चुनौती, व्यवस्थापन समस्या तथा नीतिगत सुधारका विषयमा केन्द्रित उक्त बैठकमा प्रधानमन्त्रीको धारणा विश्वविद्यालयहरूलाई सहज वातावरणमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको संकेतका रूपमा लिइएको छ।

    प्रधानमन्त्री शाहले देशभरका ११ वटा विश्वविद्यालय तथा सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका थिए। सो क्रममा शैक्षिक गुणस्तर सुधार, प्रशासनिक सहजीकरण तथा संस्थागत मजबुतीकरणका विषयमा पनि विचार आदान–प्रदान भएको स्रोतले जनाएको छ।

    नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री स्वयं विश्वविद्यालयहरूको कुलपतिसमेत हुने भएकाले उच्च शिक्षासम्बन्धी नीति निर्माण तथा समन्वयमा उनको भूमिका महत्वपूर्ण मानिन्छ। पछिल्लो समय विश्वविद्यालयहरूमा देखिएका संरचनात्मक तथा प्रशासनिक जटिलताबीच प्रधानमन्त्रीको यस्तो सक्रियता सकारात्मक संकेतका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend