२०८३, आश्विन २० गते

images
  • समाचार
  • शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेट,...

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेट, शिक्षा र प्रविधि सहकार्य विस्तारमा जोड

सोमवार, बैशाख १४ २०८३१२:५७
सोमवार, बैशाख १४ २०८३१२:५७
  • images

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ले शिष्टाचार भेटवार्ता गरेका छन्।

    सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मा सोमबार भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रसहित विभिन्न विषयमा नेपाल–चीन सहकार्यबारे छलफल भएको हो।

    विशेषगरी विद्यालय पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणाली विस्तार, संस्थागत सुदृढीकरण तथा समसामयिक शैक्षिक मुद्दामा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जनाएको छ।

    भेटमा नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि छलफल केन्द्रित रहेको थियो।

    शिक्षामन्त्री पोखरेलले विद्यालय पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार तथा शिक्षा क्षेत्रमा चीनसँगको सहकार्य अझ बढाउन चाहेको बताएका छन्। साथै, शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू छिटो सम्पन्न गर्न र नेपाली विद्यार्थीका लागि चीनबाट उपलब्ध हुने छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्न पनि उनले चिनियाँ पक्षको ध्यानाकर्षण गराएका छन्।

    राजदूत माओमिङले नेपाल सरकारका प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै शिक्षा तथा प्रविधि क्षेत्रमा सहकार्य र साझेदारी विस्तार गर्न चीन इच्छुक रहेको बताएका छन्।

    भेटमा दुई देशबीचको आपसी हितका विषयमा सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजाने समझदारी समेत बनेको जनाइएको छ।

    शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेट, शिक्षा र प्रविधि सहकार्य विस्तारमा जोड

    काठमाडौँ, १४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ले शिष्टाचार भेटवार्ता गरेका छन्।

    सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मा सोमबार भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रसहित विभिन्न विषयमा नेपाल–चीन सहकार्यबारे छलफल भएको हो।

    विशेषगरी विद्यालय पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणाली विस्तार, संस्थागत सुदृढीकरण तथा समसामयिक शैक्षिक मुद्दामा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जनाएको छ।

    भेटमा नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि छलफल केन्द्रित रहेको थियो।

    शिक्षामन्त्री पोखरेलले विद्यालय पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार तथा शिक्षा क्षेत्रमा चीनसँगको सहकार्य अझ बढाउन चाहेको बताएका छन्। साथै, शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू छिटो सम्पन्न गर्न र नेपाली विद्यार्थीका लागि चीनबाट उपलब्ध हुने छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्न पनि उनले चिनियाँ पक्षको ध्यानाकर्षण गराएका छन्।

    राजदूत माओमिङले नेपाल सरकारका प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै शिक्षा तथा प्रविधि क्षेत्रमा सहकार्य र साझेदारी विस्तार गर्न चीन इच्छुक रहेको बताएका छन्।

    भेटमा दुई देशबीचको आपसी हितका विषयमा सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजाने समझदारी समेत बनेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend