२०८३, आश्विन २० गते

images

संसद् स्थगितपछि अध्यादेश ल्याउने तयारीमा सरकार

संसद् स्थगितपछि अध्यादेश ल्याउने तयारीमा सरकार

सोमवार, बैशाख १४ २०८३०१:४५
सोमवार, बैशाख १४ २०८३०१:४५
  • images

    काठमाडौं । सरकारले संघीय संसद्‍को अधिवेशन स्थगित गरेपछि अध्यादेश ल्याउने तयारी अघि बढाएको छ। स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको हो। विशेषगरी संवैधानिक परिषद् लगायतका विषयमा अध्यादेश ल्याउने तयारी भइरहेको जनाइएको छ।

    यसअघि सरकारकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए। तर आह्वान भएको भोलिपल्टै पुनः सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend