२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसद छलेर ल्याईएको अध्यादेश प्रकरणः विपक्षी...

संसद छलेर ल्याईएको अध्यादेश प्रकरणः विपक्षी दलको संयुक्त रणनीति बैठक आज

संसद छलेर ल्याईएको अध्यादेश प्रकरणः विपक्षी दलको संयुक्त रणनीति बैठक आज

बुधवार, बैशाख १६ २०८३०९:४२
बुधवार, बैशाख १६ २०८३०९:४२
  • images

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका छन् । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि उनले विपक्षी दलहरूको संसदीय दलको बैठक बोलाएका हुन् । 

    आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।

    बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend