२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सरकारले अध्यादेश ल्याएर हटाउने तयारी थालेपछि...

सरकारले अध्यादेश ल्याएर हटाउने तयारी थालेपछि त्रिवीका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा

सरकारले अध्यादेश ल्याएर हटाउने तयारी थालेपछि त्रिवीका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा

बिहिवार, बैशाख १७ २०८३०१:५९
बिहिवार, बैशाख १७ २०८३०१:५९
  • images

    काठमाडौँ । सरकारले अध्यादेश मार्फत हटाउने तयारी थालेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा दिएका छन् । 

    त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। बिहीबार बिहान त्रिविका पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठक लगतै उनीहरुले राजीनामा दिएका हुन् ।

    उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

    शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री  प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend