२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, २...

राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, २ अझै ‘होल्ड’मा

राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, २ अझै ‘होल्ड’मा

शनिवार, बैशाख १९ २०८३०५:२७
शनिवार, बैशाख १९ २०८३०५:२७
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

    सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलको चासो छ । यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको यो अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

    प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्ने सुझाव कानुनविद्हरूले दिए पनि यसको ठोस निष्कर्षमा भने राष्ट्रपति पौडेल पुगेका छैनन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend