काठमाडौँ । नेपाल नागरिक उडड्न पाधिकरणको महानिर्देशकका लागि २१ जनाको आवेदन परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार क्यानको डीजिका लागि उक्त आवेदन परेको हो ।
आवेदन गर्नेमध्येमा अधिकांश कर्मचारी नै रहेका छन् । क्यानमा विभिन्न तह र विभागमा कार्यरत १७ कर्मचारीले आवेदन दिएका हुन् ।
यस्तै, क्यान भन्दा बाहिरबाट पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोल, लक्ष्मीप्रसाद उपाध्याय, अर्जुन बस्नेत र लवराज जोशी हुन् ।
क्यानबाट प्रभाकर चन्द्र मल्लिक, उत्सव राज खरेल, श्याम किशोर साह, प्रमोद कुमार चौधरी, मुरारी प्रसाद पौडेल। जसोदा सुवेदी, जगरनाथ निरौला, विष्णु गौतम, प्रेमनाथ ठाकुर, डा त्रिलोचन पौडेल, देवेन्द्र प्रसाद पाण्डे, टेकनाथ सिटौला, उमेश कुमार पन्थी, ई. दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा, मुकेश डंगोल र संजय कुमारले आवेदन दिएका हुन् ।
क्यानका तत्कालीन महानिर्देशक ई. प्रदीप अधिकारी निलम्बीत भएपछि मन्त्रालयले वैशाख १२ गते एक सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।
आवेदन दिने अन्तिम दिन सोमबारसाँझसम्म मन्त्रालयले २१ जनाले आवेदन दिएका थिए ।
अब छनोट समितिले उक्त आवेदकमध्येबाट ३ जनालाई छनोट गरेर मन्त्रिपरिषद्को बैठकमा सिफारिस गर्नेछ । मन्त्रालयले पठाएको नामका आधारमा क्याबिनेटले ३ जनामध्येबाट १ जनालाई ४ वर्षे कार्यकालका लागि क्यानको डिजी नियुक्त गर्नेछ ।
निगमको सदस्यका लागि २७ जनाको आवेदन
नेपाल वायुसेवा निगमको सञ्चालक समितिको ५ सदस्यका लागि २७ जनाको आवेदन परेको छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार उक्त संख्यामा आवेदन परेको हो । जसमा निगममा कार्यरत अधिकांश कर्मचारीले नै आवेदन दिएका छन् । 

