२०८३, भाद्र १३ गते

images

चणिकलाललाई बागमती सरकारले नगदसहित सम्मान गर्ने

चणिकलाललाई बागमती सरकारले नगदसहित सम्मान गर्ने

images
सोमवार, आश्विन १४ २०८१०१:२७
सोमवार, आश्विन १४ २०८१०१:२७
  • काठमाडौं । बागमती प्रदेश सरकारले नख्खु खोलाको बाढीमा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाल तामाङलाई सम्मान गर्ने भएको छ ।

    प्रदेश सरकारले काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका लामालाई डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।

    तामाङले गत शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend