२०८३, आश्विन १९ गते

images

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

सोमवार, जेठ ११ २०८३०४:५४
सोमवार, जेठ ११ २०८३०४:५४
  • images

    काठमाडौँ । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव डंगोललाई मन्त्रिपरिषदे बैठकले आगामी ४ वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको हो । 

    सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबारको क्याविनेट बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गरिएके जानकारी दिए । क्यानको महानिर्देशकका लागि २१ जनाले आवेदन दिएका थिए । २१ प्रतिस्पर्धीलाई पछि पार्दै डंगोल नियुक्त हुन सफल भएका हुन् । 

    क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचार मुद्दा लागेसँगै केही समय डंगोल क्यानको निमित्त महानिर्देशक बनेका थिए । एटीसी हुँदै उनी अहिले मन्त्रालयको सहसचिवको जिम्मेवारीमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend