२०८३, आश्विन २१ गते

images
  • शिक्षा
  • एआई र व्यावहारिक सीपमार्फत विद्यार्थीलाई विश्व...

एआई र व्यावहारिक सीपमार्फत विद्यार्थीलाई विश्व बजारसँग जोड्दै विनायक शिक्षा निकेतन

एआई र व्यावहारिक सीपमार्फत विद्यार्थीलाई विश्व बजारसँग जोड्दै विनायक शिक्षा निकेतन

बुधवार, जेठ १३ २०८३०६:५८
बुधवार, जेठ १३ २०८३०६:५८
  • images

    काठमाडौँ । बदलिँदो प्रविधि र डिजिटल कार्यक्षेत्रसँग विद्यार्थीलाई समयमै परिचित गराउने उद्देश्यले भक्तपुरको मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतनले माध्यमिक तहको शिक्षामा कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधिमा आधारित सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। विद्यालयले अध्ययनसँगै आम्दानी गर्ने अवधारणालाई अघि बढाउँदै “पढ्दै कमाउँदै” कार्यक्रममार्फत विद्यार्थीलाई व्यावहारिक सीपसँग जोड्ने तयारी गरेको हो।

    विद्यालयका संस्थापक प्रधानाध्यापक सुरेन्द्र विक्रम प्रजापतिले अहिलेको शिक्षा प्रणाली केवल परीक्षामुखी हुन नहुने बताए। “विद्यार्थीलाई भविष्यका लागि तयार बनाउने शिक्षा आवश्यक छ,” उनले भने, “कृत्रिम बौद्धिकता, सूचना प्रविधि तथा व्यावसायिक सीपले विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ।” उनका अनुसार विद्यालयले डिजिटल प्रविधिसँग सम्बन्धित अतिरिक्त कक्षा, परियोजनामूलक सिकाइ तथा व्यावहारिक अभ्यासलाई जोड दिइरहेको छ।

    सहायक प्रधानाध्यापक प्रेम प्रसाद निरौलाले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको सीपसँग पनि परिचित गराउने प्रयास भइरहेको बताए। उनका अनुसार डिजिटल बजार व्यवस्थापन, सामग्री निर्माण, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, स्वतन्त्र रूपमा अनलाइनमार्फत काम गर्ने सीप, होटल व्यवस्थापन, व्यवस्थापन कला तथा पाककलासम्बन्धी आधारभूत ज्ञान र अभ्याससमेत विद्यालयले उपलब्ध गराउने योजना बनाएको छ। “अहिलेको पुस्ताले पढाइसँगै सीप पनि सिक्नुपर्छ भन्ने सोच विद्यालयले अघि सारेको छ,” उनले भने।

    त्यस्तै, कार्यक्रम संयोजक तुलसीहरि प्रजापति ले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरका अवसर उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार कृत्रिम बौद्धिकताका उपकरणहरूको प्रयोग, डिजिटल सञ्चार व्यवस्थापन तथा उद्यमशीलतामूलक अभ्यासमार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव दिने योजना रहेको छ।

    विद्यालयका पूर्वविद्यार्थी रिना श्रेष्ठ ले विद्यालयले नेतृत्व क्षमता र आत्मविश्वास विकासमा सहयोग गरेको अनुभव सुनाइन्। अर्का पूर्वविद्यार्थी विकेश साङ्गाच्छे ले व्यावहारिक शिक्षाले आफ्नो पेशागत यात्रामा सहयोग पुगेको बताए।

    सन् १९८९ मा स्थापना भएको विद्यालयले ३८ वर्षको शैक्षिक यात्रामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। विद्यालयले यस शैक्षिक वर्षका लागि विज्ञान, व्यवस्थापन र मानविकी संकायमा कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend