२०८३, आश्विन १९ गते

images
  • समाचार
  • यूनिभर्सल एकेडेमी लमजुङ जिल्लामै उत्कृष्ट :...

यूनिभर्सल एकेडेमी लमजुङ जिल्लामै उत्कृष्ट : दुई जनाले ल्याए ४ जिपिए

यूनिभर्सल एकेडेमी लमजुङ जिल्लामै उत्कृष्ट : दुई जनाले ल्याए ४ जिपिए

सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८१०७:२९
सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८१०७:२९
  • images

    काठमाडौँ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा रहेको यूनिभर्सल बोर्डिङ स्कुलका दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।

    बिहीबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजा अनुसार विद्यालयका एक छात्र र एक छात्रा गरि दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । एसइइ परिक्षामा सहभागी भएका ६३ जना विद्यार्थी मध्य दुई जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले जानकारी दिए । 

    उनका अनुसार बेसीशहर नगरपालिका ७ का आयुष के.सी र बेसीशहर ८ का आयुष्मा गुरुङले यसवर्ष ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । यस्तै, ४ जिपिए प्राप्त गर्ने दुई जना सहित ३० जना विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।  

    ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३० जना, ३.२ जिपिए देखि ३.६ जिपिए प्राप्त गर्ने २३ जना र २.८ जिपिए देखि ३.२ जिपिए प्राप्त गर्ने ९ जना रहेका छन् । एकजना विद्यार्थी भने अबर्गिकृतमा परेको विद्यालयले जनाएको छ ।

    सार्वजनिक नतिजा अनुसार लमजुङ जिल्ला भरिमा ३ जना मात्र विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । ३ जना मध्य यूनिभर्सलका २ जना विद्यार्थी रहेको प्रिन्सिपल अधिकारीले बताए । ४ जिपिए ल्याउनेमा अर्को एक जना कुसुमाकर माध्यामिक विद्यालय मध्यनेपाल ७ का बिस्वास घिमिरे रहेका छन् । 

    जिल्लाभरका सामुदायिक विद्यालयबाट घिमिरेले मात्र ४ जिपिए ल्याउन सफल भएका हुन् । 

    देशभर १ सय ८६ जना विद्यार्थीले मात्र ४ जिपिए प्राप्त गरेको अवस्थामा युनिभर्सल एकेडेमीले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको दाबी छ । विद्यालयले प्रत्यके वर्ष निरन्तर रुपमा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको अधिकारीले बताए । 

    यूनिभर्सल एकेडेमी प्याब्सन लमजुङको उत्कृष्ट विद्यालय हो । विद्यालयले शैक्षिक गतिविधि सँगै अन्य सिर्जनात्मक र रचनात्मक पद्धतीबाट पठन पाठन गराउँदै आएको छ । पछिल्लो समय यूनिभर्सल एकेडेमी जिल्लाका विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend