काठमाडौँ । हिमाली जिल्ला मनाङमा एसईईको नतिजा खस्किएको छ । जिल्लाभरबाट ३९ जनाले परीक्षा दिएकोमा ७ जनामात्रै उत्तीर्ण भएको पाइएको छ ।
७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माध्यमिक विद्यालयबाट एसइई दिएका जयराम थापाले सबैभन्दा बढी ३.३९ जीपीए ल्याएका हुन् । लोकप्रियबाट १७ जनाले एसइई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रियमा खुलाबाट ३ जनाले एसइई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।
तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाश ज्योति माध्यमिक विद्यालयबाट १९ जनाले एसइई दिएकामा ३ जना मात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयबाट १ जनाले एसइई दिएकोमा १ जना पनि अनुत्तीर्ण भएका छन् ।

