२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३...

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रवार, आषाढ ५ २०८३१०:२०
शुक्रवार, आषाढ ५ २०८३१०:२०
  • images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डकी प्रवक्ता जयन्ती सत्याल ले जानकारी दिइन्।

    यस वर्षको कक्षा १२ परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन भएको थियो। परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

    नतिजा कसरी हेर्ने ?

    विद्यार्थीहरूले आफ्नो नतिजा निम्न माध्यमबाट हेर्न सक्नेछन्:–

    राष्ट्रिय परीक्षा बोर्डको नतिजा पोर्टल मा गई सिम्बोल नम्बर राखेर।
    नेपाल टेलिकमको नतिजा सेवा मार्फत।
    मोबाइलबाट NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर।
    नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१#

    12 result 2083.jpg
    undefined

    प्रयोग गरेर।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend