२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त...

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त श्रेष्ठ बने प्रस्तावक

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त श्रेष्ठ बने प्रस्तावक

शुक्रवार, आषाढ १२ २०८३०६:२७
शुक्रवार, आषाढ १२ २०८३०६:२७
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    डा. वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य बिराजभक्त श्रेष्ठ प्रस्तावक रहेका छन्। यसअघि श्रेष्ठ स्वयं पनि उपसभापति पदका आकांक्षीका रूपमा चर्चामा थिए। तर अन्तिम समयमा उनले आफ्नो दाबी फिर्ता लिँदै डा. वाग्लेलाई समर्थन गरेका हुन्।

    महाधिवेशनको दोस्रो चरणअन्तर्गत सभापतिबाहेकका पदाधिकारी चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको निर्वाचन समितिले जनाएको छ। विभिन्न पदमा नेताहरूबीच प्रतिस्पर्धा हुने भएपछि निर्वाचनलाई रास्वपाको भावी नेतृत्व चयनका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

    चितवनमा जारी महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनालाई समेत टुंगो लगाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend