काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, तथा राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ उपकुलपतिमा नियुक्त भएका छन्।
त्यसैगरी, पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।
सरकारले उच्च शिक्षाको नेतृत्व सुदृढ गर्ने उद्देश्यका साथ सातै विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको हो।

