२०८३, भाद्र १३ गते

images

एसियन लाइफले कमायो ४१ करोड ४२ लाख नाफा, बीमाशुल्क १० अर्ब नाघ्यो

एसियन लाइफले कमायो ४१ करोड ४२ लाख नाफा, बीमाशुल्क १० अर्ब नाघ्यो

images
शुक्रवार, श्रावण २९ २०८३०१:४४
शुक्रवार, श्रावण २९ २०८३०१:४४
  • काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा ४१ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

    कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १.१९ प्रतिशतले बढेको हो ।

    अघिल्लो आवमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीले बीमाशुल्कबाट १० अर्ब ६४ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४० करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।  

    अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.१३ प्रतिशतले बढेको छ ।

    गत आवमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ थियो । 

    अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष १२.९७ प्रतिशतले बढेको हो ।

    त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ईपीएस ७.८० रुपैयाँ रहेकोमा ७.८९ रुपैयाँ कायम भएको हो । 

    त्यस्तै, पीई रेसियो ५३.१२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.१३ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend