२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • दैनिक ६० सिलिन्डरसम्म खपत हुन्छ, २००...

दैनिक ६० सिलिन्डरसम्म खपत हुन्छ, २०० मौज्दातलाई अस्वाभाविक भन्न मिल्दैन : चेम्बर

दैनिक ६० सिलिन्डरसम्म खपत हुन्छ, २०० मौज्दातलाई अस्वाभाविक भन्न मिल्दैन : चेम्बर

आइतवार, श्रावण ३१ २०८३०२:१०
आइतवार, श्रावण ३१ २०८३०२:१०
  • images


    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै सार्वजनिक गरिएको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरको भनाइ छ।

    हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भनी सार्वजनिक टिप्पणी गरिएको थियो। सोही विषयमा प्रतिक्रिया दिँदै चेम्बरले पाँचतारे होटलको सञ्चालनको प्रकृति र दैनिक खपतलाई बेवास्ता गरेर ग्यास मौज्दातलाई अस्वाभाविक रूपमा प्रस्तुत गर्न नहुने स्पष्ट पारेको हो।

    चेम्बरका अनुसार ¥याडिसनजस्तो ठूलो पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक हो। यस्तो खपत हुने होटलमा करिब २०० हाराहारी ग्यास सिलिन्डर मौज्दात रहनुलाई पनि होटलको सञ्चालनको आकार र दैनिक आवश्यकताका आधारमा अस्वाभाविक मान्न नमिल्ने चेम्बरको तर्क छ।

    व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने चेम्बरले जनाएको छ।

    चेम्बरले भने कृत्रिम अभाव सिर्जना गर्ने, अवैध कारोबार गर्ने वा प्रचलित कानूनविपरीत हुने कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ।

    तर कानूनी रूपमा सञ्चालन भइरहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित वा अपूर्ण सूचना सार्वजनिक गर्दा निजी क्षेत्रको मनोबल तथा लगानीको वातावरणमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै चेम्बरले सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेको छ।

    चेम्बरका अनुसार व्यवसायको नियमन आवश्यक भए पनि त्यस क्रममा तथ्य र व्यावसायिक आवश्यकता दुवैलाई ध्यान दिनुपर्छ। विशेषगरी होटल तथा पर्यटनजस्ता क्षेत्रमा व्यवसायको आकारअनुसार आवश्यक हुने दैनिक उपभोग्य वस्तुको मौज्दातलाई सामान्य व्यावसायिक प्रक्रियाकै रूपमा बुझ्नुपर्ने उसको भनाइ छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend