२०८३, भाद्र १३ गते

images
  • समाचार
  • नेपाली यात्रुका लागि यती एयरलाइन्सले सबै...

नेपाली यात्रुका लागि यती एयरलाइन्सले सबै उडानमा न्यूनतम भाडा लागू गर्ने

नेपाली यात्रुका लागि यती एयरलाइन्सले सबै उडानमा न्यूनतम भाडा लागू गर्ने

images
शुक्रवार, भाद्र १२ २०८३०५:४५
शुक्रवार, भाद्र १२ २०८३०५:४५
  • काठमाडौं । यती एयरलाइन्सले नेपालमा पछिल्लो समय उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली यात्रुका लागि आफ्ना सबै उडानमा न्यूनतम लागू हुने भाडा मात्र कायम गर्ने भएको छ।

    एयरलाइन्सले सार्वजनिक गरेको सूचनाअनुसार यात्रुलाई राहत प्रदान गर्ने उद्देश्यले सबै उडानमा न्यूनतम भाडादर लागू गरिएको हो। यससँगै यात्रुले अब यती एयरलाइन्सका उडानमा उच्च भाडादरका विकल्प खरिद गर्न पाउने छैनन्।

    यती एयरलाइन्सले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यात्रुहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले यती एयरलाइन्सका सम्पूर्ण उडानहरूमा न्यूनतम भाडादर मात्र लागू गरिएको छ।’

    एयरलाइन्सले उच्च भाडादरका विकल्पहरू बिक्रीका लागि उपलब्ध नहुने स्पष्ट पारेको छ।

    पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण सडक तथा यातायात सेवा प्रभावित भइरहेका बेला हवाई यात्रामा समेत चाप बढेको छ। यस्तो अवस्थामा यात्रुलाई आर्थिक भार कम गर्ने उद्देश्यले न्यूनतम भाडा कायम गर्ने निर्णय गरिएको एयरलाइन्सले जनाएको छ।

    यती एयरलाइन्सको यो निर्णयबाट विभिन्न गन्तव्यमा हवाई यात्रा गर्ने नेपाली यात्रुले तुलनात्मक रूपमा सस्तो भाडामा टिकट प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend