२०८३, आश्विन १९ गते

images
  • शिक्षा
  • बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजद्वारा...

बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजद्वारा २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजद्वारा २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

बिहिवार, भाद्र २५ २०८३०५:१९
बिहिवार, भाद्र २५ २०८३०५:१९
  • images

    काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुर्‍याउन इम्बार्क कलेजले २ करोड ७० लाख बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

    नेपाल सरकारले हालै बाढी प्रभावित परिवारका विद्यालय तहका विद्यार्थीका लागि अघि सारेको छात्रवृत्ति पहललाई समर्थन गर्दै इम्बार्क कलेजले उक्त शैक्षिक सहयोगलाई उच्च शिक्षा तहसम्म विस्तार गर्न यो प्रतिबद्धता जनाएको हो।

    कलेजका अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। यसबाट कुल २० जना विद्यार्थी लाभान्वित हुनेछन्।

    छात्रवृत्ति र बीएस्सी बिजनेस म्यानेजमेन्ट कार्यक्रममा अध्ययन गर्ने बाढी प्रभावित परिवारका विद्यार्थीलाई प्रदान गरिनेछ।

    embark help.jpeg

    इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले विपद्का कारण विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन नदिन छात्रवृत्ति उपलब्ध गराइएको बताए।

    “नेपाल सरकारले विद्यालय तहका बाढी प्रभावित विद्यार्थीका लागि अघि सारेको छात्रवृत्ति पहल महत्त्वपूर्ण छ। यसलाई उच्च शिक्षा तहसम्म सहयोग पुर्‍याउने उद्देश्यले इम्बार्क कलेजले पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो। प्रभावित परिवारका विद्यार्थीको भविष्य सुरक्षित गर्न शिक्षामा निरन्तर सहयोग आवश्यक छ,” ठाकुरले भने।

    यसैगरी, बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि इम्बार्क कलेज, कर्मचारी र विद्यार्थीबाट संकलित रु। ६ लाख ७७ हजार ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

    इम्बार्क कलेजले शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend