२०८३, आश्विन १९ गते

images
  • शिक्षा
  • भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिकालाई काठमाडौँमा...

भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिकालाई काठमाडौँमा विद्यालय पठाउन सुरु

भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिकालाई काठमाडौँमा विद्यालय पठाउन सुरु

शुक्रवार, भाद्र २६ २०८३०१:५३
शुक्रवार, भाद्र २६ २०८३०१:५३
  • images
    काठमाडौँ । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ । 
     
    काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरे ।
     
    नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए । 
     
    उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा हुनुहुन्न । केहीका बुवा आमामध्ये एक जना छन् । कसैका दुवै छैनन् । विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पु¥याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ । 
     
    विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend