२०८३, आश्विन १९ गते

images
  • शिक्षा
  • चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक...

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

सोमवार, आश्विन ५ २०८३०४:०२
सोमवार, आश्विन ५ २०८३०४:०२
  • images

    काठमाडौँ । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । 

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

    चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।
     
    राजदूत चाङले नेपालको सुख–दुःखमा चीन सदैव साथमा रहने बताए । उनले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend