काठमाडौँ । सरकारले एकैपट ८५ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ । दसैं बिदा सुरु हुन चार दिनअघि अर्थ मन्त्रालयले राजश्व समूह तर्फ एकैपटक ८५ जना उपसचिवको सरुवा गरेको हो ।
सरुवामा विभिन्न निकायमा कार्यरत उपसचिव परेका छन्। गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत उपसचिव अम्बिकाप्रसाद फुयाँललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै, चोभार सुक्खा बन्दरगाहका निर्देशक दयानन्द केसी पनि अर्थ मन्त्रालयमा सरुवा भएका छन्।
सरुवा सूचीमा ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृतसहित कर प्रशासन, राजस्व परिचालन तथा मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कार्यरत उपसचिव समेटिएका छन्। सरुवा हुनेमा सुबोध खतिवडा, सन्तबहादुर ढकाल र सीता आचार्यलगायत रहेका छन्।


