काठमाडौं । बागमती प्रदेशमा मन्त्रालय फुटाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत साउन ९ गते मन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालय फुटाउने निर्णय गरेको हो । यससँगै अब बागमतीमा मन्त्रालयको संख्या १४ पुगेको छ ।
मन्त्रीको शपथ खाएका श्रेष्ठले ११२ दिनपछि विभागीय जिम्मेवारी प्राप्त गरेका हुन् । उनलाई जिम्मेवारी दिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिबी निवारण तथा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारी छुट्याएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको हो ।

