२०८३, आश्विन १९ गते

images

नेपालमै पहिलो पटक भित्रियो युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

नेपालमै पहिलो पटक भित्रियो युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

मंगलवार, मंसिर १८ २०८१०४:०५
मंगलवार, मंसिर १८ २०८१०४:०५
  • images

    काठमाडौँ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल) बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षको लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको हो ।

    ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेशनल कलेजले लामो समयदेखि एसीसीए शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रतिष्ठित ‘प्लाटिनम अप्रुभ्ड’ लर्निङ पार्टनरको दर्जा समेत पाएको कलेजले एमएसी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष पनि विद्यार्थीहरुलाई उपलब्ध गराउन लागेको हो ।

    पछिल्लो उपलब्धिबारे ब्रिटिस कलेजकी एक्जिक्युटिभ प्रिन्सिपल, प्रा. मेरी बिशपले भने, ‘यो कोर्ष अकाउन्ट र फाइनान्सको क्षेत्रमा काम गरिरहेका वा इच्छुकहरुको लागि शैद्धान्तिक र व्यवहारिक सीप प्रदान गर्नको लागि ब्रिटिस कलेजले सुरु गर्न लागेको हो । यसले फाइनान्सको व्यवस्थापन, रणनीतिक निर्णय प्रकृया, र प्रोफेशनल इथिक्सको विकास गरि विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक विश्वव्यापी बजारमा सफल हुन सक्षम बनाउने कुरामा म विश्वस्त छु ।’ 

    साथै, बिशपले अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरुको क्षमता वृद्धि गरि नेतृत्वदायी भूमिका निर्वाह गर्न यो कोर्ष महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    ‘नेपालमै पहिलो र एकमात्र एमएससी प्रोफेशनल अकाउन्टेन्सी शैक्षिक कार्यक्रम सुरु गर्नको लागि हामी उत्साहित भएका छौं,’ कलेजका सिनियर प्रोग्राम म्यानेजर दीपेन्द्र के. श्रेष्ठले भने, ‘कोर्ष सञ्चालनको लागि यूओएलले दिएको मान्यताले विद्यार्थीहरुलाई नेपालमा नै विश्वस्तरीय अकाउन्टेन्सी कोर्ष प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ । हामी उनीहरुलाई शैक्षिक र पेशागत सफलताका लागि मदत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

    एमएससी प्रोफेशनल अकाउन्टिङ एसीसीएद्वारा मान्यताप्राप्त कोर्ष हो । यस कोर्ष पढ्ने विद्यार्थीहरुले एसीसीएको सदस्यतासँगै एमएससी डिग्रीको मान्यता पाउँछ । युनिभर्सिटी अफ लण्डनको रिसोर्सहरुसँगै कलेजका अनुभवी फ्याकल्टीहरुले पनि थप शैक्षिक सहयोग प्रदान गर्ने यस कोर्ष अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र उद्योगका उत्कृष्ट अभ्यासहरुलाई ध्यानमा राखेर तयार गरिएको हो ।

    कसले अध्ययन गर्न पाउँछन् ?

    यस शैक्षिक कार्यक्रम प्रोफेशनल अकाउन्टेन्सीको मान्यता पाएका विद्यार्थीहरुको लागि डिजाइन गरिएको हो । 

    यस कोर्ष एसीसीए र एफसीसीए, चार्टड अकाउन्टेन्ट्स अष्ट्रेलिया र न्यूजिल्याण्ड (सीए एएनजेड), चार्टर्ड इन्स्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्सी (सीआईएमए, एसीएमए, एफसीएमए, सीजीएमए), चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एण्ड अकाउन्टेन्सी (सीआईपीएफए, सीपीएफए, सीआईपीएफए– पीक्यू), चार्टर्ड प्रोफेशनल अकाउन्टेन्ट्स क्यानडा, (सीपीए क्यानडा, सीपीए), सीपीए अष्ट्रेलिया (सीपीए, एफपीए) र इन्स्टिच्युट आफ चार्टर्ड अकाउन्टेन्ट्स इन इंग्ल्याण्ड एण्ड वेल्स (आईसीएईडब्लु, एसीए र एफसी)द्वारा मान्यताप्राप्त निकायबाट विद्यार्थीहरुको लागि डिजाइन गरिएको हो ।

    यस कोर्षले क्षमता वृद्धि गरि अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरु  नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास कलेजले लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend